add

एसएसपी जोशीद्धारा ट्राफिक स्वयम् सेवकलाई प्रमाण पत्र हस्तान्तरण






ActPro Nepal

|

६ फागुन, २०७८

|
1791

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज एक कार्यक्रम गरी गीता एभियसनबाट खटिएका ट्राफिक स्वयम् सेवकहरूलाई प्रमाण पत्र हस्तान्तरण गरेको छ । 

कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले गीता एभियसनका विद्यार्थीहरू ट्राफिक स्वयम् सेवकहरूलाई प्रमाण प्रत्र दिएर सम्मान गरेका हुन । 

कार्यक्रममा महाशाखाका प्रमुख जोशीले ट्राफिक नियम पालना तथा सडक अनुशासन विषयलाई आम प्रवृत्तिको रूपमा विकास गराउन सफल भएकोमा धन्यवाद तथा उज्ज्वल भविष्यको शुभकामना समेत व्यक्त गरेका छन । 

महाशाखाले सडक सुरक्षा तथा सडक प्रयोग गर्दा पूर्ण रूपमा फुटपाथ, ओभरहेडब्रिज तथा जेब्राक्रसिङको प्रयोग लगायत ट्राफिक नियम पालना गर्ने तर्फ उत्प्रेरित गराउनका लागि गीता एभियसनका १३ जना विद्यार्थीलाई ट्राफिक स्वयम् सेवक रूपमा प्रशिक्षण प्रदान गरी परिचालन गरिएको थियो । 

यही माघ २३  देखि फाल्गुन ५ गते सम्म पिक आवर समयमा उपत्यकाको विभिन्न स्थानमा ट्राफिक स्वयम् सेवकका रूपमा काम गरेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.