add

काठमाडौंका विभिन्न स्थानबाट दर्जनौ प्रदर्शनकारी पक्राउ






ActPro Nepal

|

४ फागुन, २०७८

|
602

काठमाडौँ । काठमाडौंका विभिन्न क्षेत्रबाट विहानदेखि अहिलेसम्म एमसीसीको विरुद्ध मा प्रर्दशन गर्ने ९० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नयाँ बानेश्वर क्षेत्रबाट अहिले थप ४० जना पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या ९० पुगेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार पक्राउ परेकाहरूलाई भृकुटीमण्डपमा रहेको नगर प्रहरी कार्यालयमा राखिएको छ । 

भर्खरै नयाँ बानेश्वर क्षेत्रबाट प्रदर्शनकारी पक्राउ परेको र उनीहरूको यकिन संख्या आउन बाँकी रहेको कार्यालयका प्रवक्ता तथा एसएसपी किशोरसिंह राठौरले बताए । यसअघि बिहान ५० जना पक्राउ परेका थिए । उनीहरूमध्ये अधिकांश बन्दकर्ता छन् । केही भने प्रदर्शनकारी छन् ।

गृह मन्त्रालयले आज एमसीसीको विरुद्धमा रहेका दलहरूले आन्दोलन गर्न सक्ने र शान्ति सुरक्षामा चुनौती थपिन सक्ने भन्दै नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएको थियो । सोही कारण आज बिहानैदेखि सडकमा बाक्लो गरी प्रहरी तैनाथ थिए । प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा यतिबेला बानेश्वर क्षेत्र तनावग्रत रहेको पनि प्रहरीले जनाएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.