add

क्यान महासंघको सहकार्यमा बिभिन्न विषयमा नि:शुल्क सीपमूलक तालिम, यसरी दिन सकिन्छ अनलाईन आवेदन






ActPro Nepal

|

४ फागुन, २०७८

|
929

काठमाडाैं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघसंगको सहकार्यमा व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले बिभिन्न  विषयमा नि:शुल्क सीपमूलक तालिम प्रदान गर्दैछ ।

नि:शुल्क सीप सिकौ आत्मनिर्भर बनौ भन्ने नाराका साथ कामदारको लागि थप सीप तालिमको आवेदन खुल्ला गरेको हो ।

प्रतिष्ठानले तीन प्रकारका सीपमुलक तालिमका लागि आवेदन माग गरेको हो ।

तालिमका लागि २०० जनाको कोटारहेपनि उमेरहद भने तोकिएको छैन् । इच्छुकले फागुन १८ गते भित्र आवेदन दिइसक्नुपर्ने बताएको छ। प्रतिष्ठानको वेबसाइटमा गएर आवेदन दिन सकिने छ।

तालिममा उद्योग र व्यवसायमा कार्यरत कामदार वा स्वरोजगार व्यक्तिहरु, वैदेशिक रोजगारीबाट फर्केका र कोरोना महामारीको कारणले रोजगारी गुमाएका व्यक्तिहरुलाई विशेष प्रथामिकतामा राखिएको छ ।

तालिम अवधि १ महिना दिनको ४ घण्टा बिहान र बेलुका काठमाडौंमा नै हुनेछ ।

थप जानकारीका लागि Online Registration form: https://forms.gle/sKLu33GYA3dUbn1e6 क्यान महासंघको वेबसाइट मा हेर्न वा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) नेपालको सचिवालयमा खुसिबु सम्पर्क गर्न सक्नु हुनेछ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.