काठमाडौं । कोभिड–१९ को तेस्रो लहर ‘ओमिक्रोन’को जोखिम बढेपछि बन्द भएका शैक्षिक संस्थाहरूमा आजबाट भौतिक रुपमा नै पठनपाठन हुने भएको छ ।
माघको पहिलो सातामा सरकारले विद्यालय तथा कलेजमा करिब एक महिना भौतिक रुपमा पठनपाठन नगर्न नगराउन सूचीत गरेपछि शैक्षक संस्था बन्द रहेका थिए ।
विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिसिएमसीले कोभिड–१९ स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले सिफारिस गरेको थियो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।