काठमाडौं । प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने भएको छ । बुधबारका लागि बोलाइएको बैठक सरकारको आग्रहमा स्थागित भएपछि संसद सचिवालयले फागुन २ गते दिउँसो १ बजेका लागि संसद बैठक बोलाएको हो।
सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले मंगलबार साँझ सूचना जारी गर्दै विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको र अर्को बैठक फागुन २ गतेका लागि तय भएको उल्लेख गरेका छन्।
मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटालाई टेलिफोन गरी बैठक एक साता सार्न आग्रह गरेका थिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।