काठमाडौं । बुढानिलकण्ठ नगरपालिका कपन आकासेधाराबाट ६ ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित सोही ठाउँ बस्ने २२ वर्षीय पासाङ छिरिङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले छिरिङलाई शंकास्पद अवस्थामा फेला पारी परेप५ि उनको कोठा तलासी गर्दा ब्राउन सुगर फेला परेको हो ।
थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने कञ्चनपुर भिमदत्त नगरपालिकाका २७ वर्षीय खगेस खत्रीले राख्न दिएको खुल्न आएपछि खत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ । यस्तै, पोखरा महानगरपालिका-३२ मजुवाबाट करिब चार केजी अवैध लागूऔषध गाँजासहित सोही महानगरपालिका-२६ सुन्दरीडाँडा बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख १०८० नम्बरको माइक्रो बसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई लागूऔषधसहित फेला पारेको हो ।
कपिलवस्तु, मायादेवी गाउँपालिका-४ ठाकुरापुरस्थित सडकबाट नियन्त्रित लागूऔषध स्पास्मो पाँच सय ३६ ट्याब्लेट र नाइट्राभेट ९० ट्याब्लेटसहित कपिलवस्तु नगरपालिका-७ धरमपनियाँ बस्ने २८ वर्षीय अफ्तर अलीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लु ३३ प ९३०६ नम्बरको मोटरसाइकललाई सीमा प्रहरी चौकी चाकरचौँडाबाट प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक अलीलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
नेपालगंज उपमहानगरपालिका-८ जोलाहान पुरुवाबाट करिब १९ ग्राम पाँच सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २५ वर्षीय मोहमद अली कवाडियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।