डोटी । सेती प्राविधिक शिक्षालय दिपायलमा भएको अनियमितताका विषयमा छानबिन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेशका उप-निर्देशक देवसिंह धामीको नेतृत्वमा समिति गठन भएको छ ।
उक्त शिक्षालयमा आर्थिकलगायत अन्य विभिन्न विषयमा अनियमितता भएको भन्ने उजुरी परेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् भक्तपुरले उपनिर्देशक धामीको नेतृत्वमा छानबिन समिति बनाएको हो ।
समितिले मंगलबारदेखि आफ्नो काम थालनी गरेको छ । उक्त समितिमा जिल्ला प्रशासन र कोलेनिका प्रतिनिधि रहेका छन् । शिक्षालय प्रमुख वीरेन्द्रबाबु यादवलाई जिम्मेवारीबाट हटाइएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।