add

'भ्यालेन्टाइन्स डे' बढ्यो रातो गुलाफको माग,२ लाख गुलाफ आयात गरिँदै






ActPro Nepal

|

२५ माघ, २०७८

|
1387

काठमाडौं । यो वर्ष ‘भ्यालेन्टाइन डे’ का लागि १ करोड रुपैयाँ बढीको २ लाख गुलाफ फूल आयात हुने भएको छ ।

नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्ष करिब २ लाख ३० हजार गुलाफको फूल आयात हुने क्रममा रहेको छ ।

प्रेमको प्रतिक मानिने गुलाफ अन्य समयभन्दा भ्यालेन्टाइन डे को लागि विशेष मानिन्छ । नेपाली बजारमा विक्री हुने २ लाख बढी स्टिम गुलाफ मध्ये भारतबाट ९० प्रतिशत आयात गरिन्छ भने नेपालमा जम्मा १० प्रतिशत गुलाफ उत्पादन हुने एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए ।

आयातित गुलाफ मध्ये ६० प्रतिशत उपत्यकामा र बाँकी ४० प्रतिशत उपत्यका बाहिर खपत हुने एसोसिएसनको भनाइ छ । गत वर्ष १ लाख ८० हजार स्टिम गुलाफको कारोबार भएको एसोसिएशनले बताए पनि गत वर्षको तुलनामा यो वर्ष गुलाफको माग बढ्ने अनुमान गरिएको छ ।

यो वर्ष गुणस्तर हेरेर प्रति पिस गुलाफको (खुद्रा)मूल्य ८० देखि १०० रुपैयाँसम्म पर्ने तामाङको भनाइ छ । हप्ता दिन सम्म मनाइने भ्यालेनटाइन डे आजबाट सुरु भएता पनि मुख्यगरी फ्रेबुअरी १४ लाई विशेष दिन मानिन्छ । आजको लागि मागको २५ प्रतिशत मात्र गुलाफ आयात भएको बताइएको छ । भ्यालेन्टाइन डे मा विशेष त रातो गुलाफ मन पराइन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.