add

गैंडाको खाग तस्करी गरेको आरोपमा २३ वर्षपछि पक्राउ






ActPro Nepal

|

२५ माघ, २०७८

|
1023

चितवन । गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ।

चितवनको कालिका नगरपालिका-२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपानेलाई पक्राउ गरिएको हो। उनलाई २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र एक लाख जरिवाना तोकिएको थियो।

उनलाई काठमाडौंको तारकेश्वर नगरपालिका-७ फुटुङ्गबाट पक्राउ गरिएको निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पक्राउ परेका कृष्णलाई कोभिड–१९ सङ्क्रमण देखिएको थियो।

कोभिड सङ्क्रमण नेगेटिभ आएसँगै कृष्णलाई कारागार कार्यालय भरतपुर पठाइएको उनले जानकारी दिए।

२०५५ कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिब डेढ किलोमिटर पूर्व खाडलमा पारी गैँडा मारी खाग तस्कर गरेको अभियोग लागेको थियो। सो घटनामा १२ जना आरोपित भएका थिए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.