add

ज्योति लाईफ इन्स्योरेन्ससहित ३ कम्पनीको सेयरमूल्य समायोजन, कुनको मूल्य कति ?






ActPro Nepal

|

२४ माघ, २०७८

|
781

काठमाडौं  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ज्योति लाईफ इन्स्योरेन्स सहित ३ कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीहरूले बोनस सेयर वितरणको प्रस्ताव गरेसँगै अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो ।

मूल्य समायोजन भएका कम्पनीहरुमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड रहेको छ ।

जानकी फाइनान्स कम्पनी लिमिटेडको १५ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ५ सय ८८ रूपैयाँ ७८ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेकाे छ ।

नेप्सेले आइतबारकाे अन्तिम काराेबार मूल्य ६ सय ७७ रूपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको २० प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ९ सय ४३ रूपैयाँ ३३ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेकाे छ ।

नेप्सेले आइतबारकाे अन्तिम काराेबार मूल्य २ हजार ३ सय ३२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६ सय ५० रूपैयाँ कायम हुनेगरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले आइतबारकाे अन्तिम काराेबार मूल्य ७ सय १५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.