add

क्लास्सिक टेकले ल्यायाे ‘रिनुअल सापटी’ स्कीम






ActPro Nepal

|

२४ माघ, २०७८

|
997

काठमाडौँ । क्लास्सिक टेकले  'रिनुअल सापटी' योजना ल्याएको  छ ।

यस योजना अनुसार ग्राहकले क्लासिक टेक एपबाट वान क्लिकमा ७ दिन रिचार्ज सापटी लिन सक्ने भएका छन् । यस्तो ७ दिनसम्मको  सुबिधा नेपालमा नै  पहिलो  पटक भएको कम्पनिले दाबि गरेको छ ।

क्लासिक टेकका ग्राहकलाई तोकिएका प्याकेजमा  १ दिनदेखि ७ दिनसम्म रिनुअल सापटी लिन मिल्ने छ । 

ग्राहकले यो सुबिधा लिनको लागी आफ्नो क्लासिक टेक एप लगइन गरेर कस्टमर पोर्टलमा गएर गर्नु पर्ने कम्पनिले बताएको छ । 

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपालमा सन् २००९ देखि शुभारम्भ भएको र १२ बर्षमै  ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा  सञ्चालनमा  ल्याएको  छ । देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्य मा स्वस्थ स्पुर्थ सेवा दिदैं आएको छ ।

कम्पनीको  मुख्य उद्धेस्य देशका बिकशित सहर देखि दुर्गम ग्रामिण भेगहरुमा समेत इन्टरनेट को पहुँच पुराउनका साथै न्युन मुल्यमा उच्च गतिको सेवा प्रदान गर्ने लक्ष्य लिएको  छ । यो बिषेस अफर कम्पनीले  आफ्ना ग्राहक हरुको लागि उच्च र छरितो सेवा प्रदान गर्न ल्याइएको  हो र भविष्यमा पनि कम्पनीले कस्टमर सर्भिसलाई मध्य नजर राखेर थप सुबिधा हरु ल्याउने  छ ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.