add

प्रचण्डविरुद्ध बाबुरामको कटाक्ष : भित्र खाओवाद, बाहिर माओवाद !






ActPro Nepal

|

२४ माघ, २०७८

|
844

काठमाडौं । जनता समाजवादी पार्टीका स‌घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी परियाेजना थप गिजाेलिए परिणाम गम्भीर हुन सक्ने चेतावनी दिएका छन् । 

उनले नेपाली राजनीतिमा 'माछा देखे भित्र हात र सर्प देखे बाहिर हात' गर्ने प्रवृत्ति हाबी भएकाे बताउँदै अति भए खति हुने टिप्पणी गरेका हुन् । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डतर्फ लक्षित हुँदै बाबुरामले दुईजिब्रे प्रवृत्तिबाट मुक्त नभएसम्म देश नबन्ने पनि बताएका छन् । उनले 'भित्रभित्र राष्ट्रघात बाहिर बाहिर राष्ट्रवाद' देखाउन तछाडमछाड भइरहेकाे पनि बताएका छन् । 

कसैकाे नाम उल्लेख नगरेर भट्टराईले सामाजिक सञ्चालमा लेखेका छन्, 'भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुईजिब्रे प्रवृत्तिबाट मुक्त हुँदैन तबसम्म देश बन्दै बन्दैन । एमसीसी जुन ढंगले गिजोलिँदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ ! अति भए खति हुन्छ है !'

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरी एमसीसीका सम्बन्धमा संयुक्त रूपमा अमेरिकालाई पठाएको पत्र आइतबार बाहिरिएको थियो । उक्त पत्र सार्वजनिक भएपछि एमसीसीका सम्बन्धमा प्रचण्डले दाेहाेराे भूमिका खेलेकाे भन्दै पार्टीभित्रैबाट पनि आलाेचना भइरहेकाे छ । 




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.