काठमाडौं । सुप्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले गायिका मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । ९२ वर्षीया मङ्गेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको हो ।
उनले दर्जनौँ नेपाली गीतमा आवाज दिएकी छिन् । नेपालका कलाकार, संगीतकर्मी, गायक, गायिका र संगीतप्रेमीहरुले उनको निधन प्रति सामाजिक सञ्जालमा दु:ख व्यक्त गरेका छन् ।
दर्जनौ लोकप्रिय नेपाली गीतमा आवाज दिनु भएकी भारतीय गायिका लता मङ्गेशकरको निधनको खबरले दुखी भएको छु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु ।
— Sher Bahadur Deuba (@SherBDeuba) February 6, 2022
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।