add

१ फागुनबाट विद्यालय खोल्न सीसीएमसीको सिफारिश






ActPro Nepal

|

२३ माघ, २०७८

|
858

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले १ फागुनबाट विद्यालय खोल्न सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ।

आइतवार बसेको केन्द्रको बैठकले पछिल्लो लकडाउन खुकुलो गर्ने निर्णय गरेको हो। माघको पहिलो सातादेखि भौतिक रुपमा पठनपाठन बन्द भएका शैक्षिक संस्थाहरुलाई संक्रमण दर हेरेर खोल्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको छ। काठमाडौं उपत्यकालगायत देशभर कोरोना संक्रमण बढ्दै गएपछि माघको पहिलो साताबाट माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सरकारले निर्णय गरेको थियो। त्यसपछि १५ दिन थप गरेर माघ मसान्तसम्म बन्द गर्ने निर्णय भएको थियो।

आज बसेको बैठकमा संक्रमणदर हेरेर विद्यालय खोल्न जिल्लाबाट अनुमति लिएर संचालन गर्ने विषयमा छलफल भएको थियो। त्यस्तै काठमाडौं उपत्यकाभित्र जारी निजी सवारी साधनमा लगाएको जोरबिजोर हटाउन समेत बैठकमा छलफल भएको थियो।

यसबारेमा छलफल गर्न उपत्यकामा रहेका तीन जिल्ला प्रमुख जिल्ला अधिकारीहरुको बैठक अहिले साँझ ५ बजे बस्दैछ। 





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.