add

२८ माघसम्म लम्बियो काठमाडौं जिल्ला अदालतको सेवा संकुचन






ActPro Nepal

|

२० माघ, २०७८

|
902

काठमाडौं । काठमाडौं जिल्ला अदालतले आफ्नो सेवा संकुचनको समयावधि २८ माघसम्म लम्ब्याएको छ । 

अदालतको बिहीबार बसेको पूर्ण बैठकले ५ माघको पूर्ण बैठकको निर्णय बमोजिम भएको सेवा संकुचनलाई निरन्तरता दिई २८ माघसम्म सोही निर्णय बमोजिमका काम कारवाही तथा सेवाहरू मात्र प्रवाह गर्ने निर्णय गरेको हो । 

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन लगायतका विभिन्न भेरियन्टबाट न्यायाधीशहरू, कर्मचारी संक्रमित भएको र यस अवस्थामा स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै कोभिड संक्रमणको जोखिम न्यूनिकरण गर्न भन्दै ५ माघको पूर्ण बैठकले ६ माघदेखि १८ माघसम्म सेवा संकुचन गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई बिहीबार बसेको पूर्ण बैठकले २८ माघसम्म निरन्तरता दिने निर्णय गरेको गरेको हो । 

‘मुद्दा÷निवेदन दर्ता गर्ने सम्बन्धमा अत्यावश्यक भएमा मात्र अदालतमा उपस्थित भई सेवा लिन र तारिख लिने लगायतका सेवाहरू लिने क्रममा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी भिडभाड हुन नदिई सामाजिक दुरी कायम गरिदिन’ अदालतले भनेको छ । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.