add

चोरीका मोटरसाइकलसहित २ जना पक्राउ






ActPro Nepal

|

२० माघ, २०७८

|
1244

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ट्राफिक प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएको प्रहरीले काठमाडौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा सुर्खेतको वीरेन्द्रनगर घर भई चावहिल बस्ने २३ वर्षीय सौरभ महतारा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिकाका १८ वर्षीय समिर तामाङ रहेका छन्।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको तामाङको साथबाट वास्तविक नम्बर परिवर्तन गरि बा.प्र.-०२,०२५ प १३१८ नम्बर हालेको  कालो रातो रंङको २२० सीसीको पल्सर मोटरसाइकल बरामद भएको बताए। 

अनुसन्धानपश्चात वास्तविक नम्बर बा.प्र.-०२,०२९ प ५२०९ भएको उक्त मोटरसाइकल गत पुस १४ गते भक्तपुर निलबाराहीबाट हराएको खुलेपछि मोटरसाइकल धनी भक्तपुर बस्ने रामचन्द्र नेपाललाई सम्पर्क गरेको जोशीले बताए। 

तामाङलाई थप अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमी पठाइएको छ। 

त्यसैगरी, ललितपुरको सानेपाबाट बा ९८ प ७९६१ नम्बरको कालो सेतो रंङको २०० सीसीको डुक मोटरसाइकलसहित सुर्खेतका महतारालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। महताराले उक्त मोटरसइकलको वास्तविक नम्बर प्लेट भने परिवर्तन गरेका थिए।

तार्केश्वरका प्रज्वल बोगटीको वास्तविक नम्बर बा ९९ प ४८८२ भएको उक्त मोटरसाइकल काठमाडौंस्थित भृकुटीमण्डपबाट हराएको भनी ट्राफिक प्रहरी महाशाखामा निवेदन दिएका थिए।

महतारालाई थप अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.