काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन रहेको छ ।
कम्पनीको ३० प्रतिशत अर्थात् १०ः३ अनुपातमा जारी गर्ने हकप्रद पाउन सेयर किन्ने अन्तिम दिन हो ।
कम्पनीले हकप्रद प्रयोजनका लागि माघ २१ गते बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् ।
शिखरले प्रतिकित्ता १०० रुपैयाँ दरले ५२ करोड ७५ लाख ५७ हजार २०० रपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद जारी गर्ने भएको हो ।
कम्पनीको हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।
कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर ए’रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता सुरक्षित रहेको जनाउँछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।