add

मेनपावर सञ्चालकले कुटे युट्युबर, तीन जना गम्भीर घाइते






ActPro Nepal

|

१९ माघ, २०७८

|
2438

काठमाडौं। मंगलबार साँझ राजधानीको त्रिपल स्टार म्यानपावर सञ्चालक र उनका समर्थकले युटुबरलाई निर्घात कुटेका छन्। 

सामाखुसीमा रहेको उक्त मेनपावरका सञ्चालक र अन्य  मेनपावर व्यवसायीले युट्युबरहरूलाई गेटको ताल्चा लगाएर ज्यानै लिने उदेश्यले घेरा हालेर कुटपिट गरेका हुन्। 

कुटपिटबाट ३ जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए। 

घाइते हुनेमा मेकिङ नेपाल युट्युब च्यानलका ३४ वर्षीय दिपेशराज पाण्डे, ४२ वर्षीय हरिप्रसाद पाठक र ३५ वर्षीय दशरथ भण्डारी छन्। घाइतेहरूको बसुन्धारास्थित ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ। 

यस्तो छ कुटपिट हुनुको कारण 

दशरथ भण्डारी भन्छन ट्रिपल स्टार नामक म्यानपावरले १२ जना नेपाली युवाहरुलाई भिजिट भिषामा युएई पुर्याएर आर्म्स गार्डमा काम लगाइदिन्छु भनेर प्रलोभन दिएको रहेछ । 

एक लाख २० हजार तलब हुन्छ भन्दै प्रतिव्यक्ति ७ लाखदेखि ८ लाख रुपैयाँसम्म लिएर नेपाली युवाहरुलाई दुबई पुर्याइएको रहेछ । १२ जना नेपाली युवाहरुलाई ३ महिनाअघिदेखि काम लगाउन म्यानपावरले नसकेपछि उनीहरु विचल्लीमा परेका रहेछन् । यही फेब्रअरी ९ तारिकमा उनीहरुको भिषाको अवधि सकिँदै थियो । म्यानपावरले काम नदिएर विचल्ली बनाएपछि ती पीडितहरु हाम्रो सम्पर्कमा आए । ‘हामी विचल्ली भयौँ । कि नेपाल आउनु पर्यो की यतै काममा लगाइदिनु पर्यो,’ उहाँहरुले भन्नु भएको थियो । हामीले भन्यौँ,‘तपाईंहरु काम गर्न जानु भएको हो । पहिलो प्राथामिकता कामलाई दिनुस् । अझैपनि म्यानपावरले खोजिदिन सक्छ भने कोशिस गर्नुस् ।’ 

उहाँहरुबाटै प्राप्त लिस्ट अनुसार मैले उक्त म्यानपावरका सञ्चालसँग सम्पर्क गरेँ । यसअघि २/३ चरणमा कुराकानी पनि भयो । म्यानपावर सञ्चालक हरिकाजी गुरुङ हुनुहुन्छ । अर्को सञ्चालक रुद्र राना हुनुहुन्छ । हामी त्यहाँ पुग्दा उनीहरु दुबै जना थिएनन् । त्यहाँ गएर हाम्रो मोबाइलबाट फोन गर्यौँ उनीहरुले फोन उठाएनन् । त्यहीँको स्टाफको नम्बरबाट फोन गर्यौँ । फोन उठ्यो । हामी यसरी कुरा गर्न आएका छौँ भनेर जानकारी गरायौँ । करिब साढे ११ बजेको कुरा हो । त्यसपछि उनीहरुले हामीमाथि कुटपीटको योजना बनाएछन् । १२ बजे सर आइपुग्नु हुन्छ भनेर हामी कुरेर बस्यौँ । तर, उनीहरु हाम्रो ज्यान मार्ने योजना बनाइरहेका थिए । पीडित ६ जना थिए । मिडियाकर्मी ४ जना थिए । हामी अभियान्ता २ जना थियौँ । उनीहरुले म्यानपावरमा भएका सबै गुण्डाहरु जम्मा गर्न थालेछन् । करिब १ सयजना भन्दा माथि गुण्डाहरु एकाएक हामी भएको स्थानमा आए । कुनै संवाद भएन । अचानक कुटपीट शुरु भयो । त्यस्तो अहिलेसम्म मैले कहिल्यै देखेको थिएन । क्यामेरा खोसेर हाम्रो टाउकोमा बजार्न थाले । जो अगाडी भेटिन्छ उसैलाई कुट्न थाले । मेरो टाउकोमा पनि २/३ पटक क्यामेरा फुटाए । ढुंगा, ईट्टा र रड जे पायो त्यहीले हान्न थाले । उनीहरुको उद्देश्य नै मान्छे मार्ने जस्तो थियो । भिडियो क्लिपमा देखिएको रहेछ । सय जनाले एकै थपड हान्दा पनि मान्छे मर्छ नी । त्यसरी हामीमाथि आक्रमण भयो । हामीमाथि आक्रमण गर्ने सबै मैले चिनेको छु । निसान म्यानपावरका पनि मानिसहरु थिए । १५/२० जना बाहिरका गुण्डाहरु बोलाएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.