add

मृगौला पिडित प्रहरी जवानलाई ट्राफिक प्रहरीको सहयोग






ActPro Nepal

|

१८ माघ, २०७८

|
1946

काठमाडौं । दुबै मृगौला फेल भई उपचारर्थ प्रहरी जवान मधु खत्रीलाई महानगरीय ट्राफिक महाशाखाले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरतखत्रीको दुवै मृगौला फेल भएर उपचारमा खर्च जुटाउन असहज भईरहेको अबस्थामा ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीको बिशेष सक्रियतामा संकलित तीनलाख सतहत्तर हजार पाँचसय नब्बे रुपैंया सहयोग स्वरुप रकम हस्तान्तरण गरेको हो ।

गुल्मी जिल्लाको ईस्मा वडा नं ४ स्थायी घर भई बागबजार बस्ने प्रहरी जवान खत्रीको उपचारमा हुने आर्थिक अभावलाई सहयोग गर्न उपत्यकामा कार्यरत सम्पुर्ण ट्राफिक प्रहरी कर्मचारीहरुले स्वस्फुर्त रुपमा सहयोग रकम संकलन गरेका हुन ।

दुबै मृगौलाले काम गर्न छोडेपछि नेपाल प्रहरी लगायतका अस्पतालहरुमा डाइलेसिस एव उपचारार्थ खत्रीको स्वास्थ्य अवस्था खस्कदै गएको छ । 

आर्थिक अवस्था कमजोर भएका कारण थप उपचारका लागीहामीले आर्थिक सहयोगको सुरुवात गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जोशीले बताए । 

उनले जीवन बचाउने यस्तो पुण्यकार्यको लागि  संकलित सम्पूर्ण रकम प्रहरी जवान खत्रीको श्रीमती ट्राफिक महाशाखामा कार्यरत प्रहरी जवान मुना बस्नेतलाई हस्तान्तरण गरेको समेत जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.