add

सुर्खेतमा ब्राउन सुगरसहित तीन पक्राउ






ActPro Nepal

|

१८ माघ, २०७८

|
532

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित सुर्खेतबाट तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गुर्भाकोट नगरपालिका–८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र सोही नगर वडा नं ९ का ३० वर्षीय रमेश ओलीलाई पक्राउ गरेको हो । सोमबार नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको सवारीसाधन म्याजिक रोकी जाँच गर्ने क्रममा परियार र ओलीको साथमा तीन ग्राम ४६० मिलीग्राम ब्राउन सुगर भेटेपछि पक्राउ गरिएको प्रहरी सहायक निरीक्षक जीवानन्द दाहालले जानकारी दियो । 

उनका अनुसार दुवैलाई भेरीगङ्गा नगरपालिका–१० तोलीखोला प्रहरी चेकपोष्ट नजिकै सार्वजनिक पक्की सडक जाँच गरिएको थियो । बरामद ब्राउन सुगरसहित प्रतिवादी परियार र थापालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा राखेर अनुसन्धान थालिएको प्रहरी सहायक निरीक्षक दाहालले बताए ।

त्यस्तै प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतका गोविन्द राईलाई पनि पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतका वडाध्यक्ष रत्नबहादुर बुढा, सोही वडा निवासी बिष्णु गौतम, शिवराम चौधरी, भक्तवीर चुनारा, गणेशबहादुर थापा, कमल चौधरी, बमबहादुर बिसी र नरगैया चौधरीको खेतमा थुपारी राखेको परालको थुप्रामा आगो लगाएको आरोपमा राईलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.