काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।
लघुवित्तले सोमबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार २४ करोड ६१ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा १३ करोड ४१ लाख ६४ हजार रुपैयाँ रहेको खुद नाफा अहिले ८३.४३ प्रतिशतले बढेको हो ।
खुद ब्याज आम्दानी ७२.२१ प्रतिशत र सञ्चालन नाफा ८३.४३ प्रतिशतले बढेपछि खुद नाफा पनि बढ्न सहयोग पुगेको हो । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी २५ करोड ७८ लाख ६२ हजार रूपैयाँ रहेको थियो ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी ५८ करोड ७७ लाख ७५ हजार रुपैयाँ र जगेडा कोषमा ५९ करोड ४१ लाख ८३ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ८३ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ २८ पैसा रहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।