add

कुष्ठरोग निर्मूल पार्न एकजुट भएर लागौं : स्वास्थ्य राज्यमन्त्री खापुङ






ActPro Nepal

|

१६ माघ, २०७८

|
1080

काठमाडौं । कुष्ठरोग निर्मूल पार्न सबैजना एकजुट भएर लाग्नुपर्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले बताएका छन्।

विश्व कुष्ठरोग दिवसको अवसरमा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा खापुङले कुष्ठरोग निर्मूल पार्न सम्बन्धित स्वास्थ्यका सबै निकाय एकजुट भएर लाग्नुपर्ने बताएका हुन्। 

कार्यक्रममा उनले स्वास्थ्यको ठूलो समस्याको रुपमा कुष्ठरोग रहेको  भन्दै खर्च गर्न नसक्नेहरु अस्पताल आएर फर्किने अवस्था नपरोस् भन्नका लागि यसको उपचार व्यवस्थापन हुनु जरुरी रहेको बताएका छन्। पहुँच बाहिर रहेका बिरामीको लागि सहज उपचारको व्यवस्थापन गर्नुपर्ने देखिएकोले सरकारले उपचारको पहुँच वृद्धि गर्नबारे सोच्न पर्नेमा उनले जोड दिएका छन्। 

‘कुष्ठरोगका लागि हाम्रो प्रतिवद्धता आत्सम्मानको लागि ऐक्यवद्धता’ भन्ने सन्देशसहित ६९ औंं कुष्ठरोग दिवस आइतबार मनाइँदै छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.