add

डेढ करोड बराबरको नक्कली मदिरासहित ४ पक्राउ






ActPro Nepal

|

१६ माघ, २०७८

|
901

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले डेढ करोड रुपैयाँ बराबरका २९६ कार्टुन अवैध मदिरासहित चार जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको विशेष टोलीले गत शुक्रबार काठमाडौं उपत्यकाको रामकोट, बानेश्वर, कपनलगायत स्थानहरूबाट सन्तोष चन्द्र बख्रेलसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा पर्साका सन्तोष चन्द्र बख्रेल र रविन पाख्रिन, काठमाडौंका शैलेश पन्त र सर्लाहीका नारायणप्रसाद घिमिरे छन् । उनीहरूले रेड लेबल, ब्ल्याक लेबल, एब्सुलेट भोड्का, चिबास रिगललगायत मदिराहरू भारतबाट चोरी पैठारी गरी नेपाल ल्याइ कारोबार गर्ने गरेको खुलेको छ ।

पक्राउ परेकाहरूलाई प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धान र कारबाहीका लागि आज हरिहरभवनस्थित राजश्व अनुसन्धान विभागमा पठाइएको छ भने बरामद गरिएका मदिरालाई गुणस्तर परीक्षणका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.