add

बालकुमारी मन्दिरबाट चोरी भएको मूर्तिबारे सूचना दिनेलाई ५ लाख पुरस्कार






ActPro Nepal

|

१६ माघ, २०७८

|
638

काठमाडौं। ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट चोरी भएको मूर्तिबारे सूचना दिनेलाई पाँच लाख पुरस्कार दिइने भएको छ। 

मूर्ति हराएको एक साता बितिसक्दा पनि नभेटिएपछि गूठीले मूर्तिबारे सूचना दिनेलाई नगद पुरस्कारको घोषणा गरेको हो। 

चोरी भएको मूर्ति खोज्नका लागि प्रहरी पनि प्रयासरत छ। तर मूर्ति नभेटिएपछि जनस्तरबाट पनि खोजी कार्य गर्नका लागि प्रोत्साहन स्वरुप नगद पुरस्कारको व्यवस्था गरिएको बालकुमारी भवानी गुठिले जारी गरको विज्ञप्तिमा उल्लेख छ। 

मूर्तिबारे केही जानकारी प्राप्त भए ९८८१२१७७८६ नम्बरमा सम्र्पक गर्न अनुरोध गरिएको छ। 

मूर्ति गत आइतबार चोरी भएको थियो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.