add

अवैध सम्बन्ध लुकाउन १० वर्षीया बालिकाको हत्या गर्ने एक पक्राउ






ActPro Nepal

|

१६ माघ, २०७८

|
1083

बारा । अवैध सम्बन्ध लुकाउन १० वर्षीय बालिकाको हत्या गरेको आरोपमा पर्सा प्रहरीले एकजना लाई पक्राउ गरेको छ  । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने ४० बर्षीय मोतोलाल प्रसाद कुर्मी रहेका छन् ।

वीरगंज महानगरपालिका वडा नम्बर १६ घर भई र हाल वडा नम्बर १५ भिष्वामा डेरा गरी बस्दै आएकी १० बर्षीय रिजवान महतोको हत्या गरेको आरोपमा कुर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

बालिकाको शव गत पुस २४ गते वीरगंज महानगरपालिका वडा नम्बर १६ मा रहेको कंचनजंगा स्कुल नजिकै निर्माणाधीन भवनको उत्तरपट्टि चेपमा टाउकोमा ढुङ्गा प्रहार भएको अवस्थामा फेला परेको थियो ।

प्रहरी नायब उपरीक्षक खनालका अनुसार घटनास्थलमा फेला परेका प्रमाण र पीडितको परिवारजन बाट प्राप्त किटानी जाहेरीको आधारमा कुर्मीले अवैध सम्बन्ध लुकाउन बालिकाको हत्या गरेका छन्  । पक्राउ परेका कुर्मीमाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता खनालले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.