add

महिला लघुवित्तको नाफा १८५ %ले बढ्यो, ईपीएस रु.११०






ActPro Nepal

|

१६ माघ, २०७८

|
773

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले  दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ८ करोड १८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो अघिल्लो आवको सोही अवधिको तुलानामा १८५.३९ प्रतिशत बढी हो । गत वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले २ करोड ८६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र संचालन मुनाफामा उल्लेअ्य वृद्धि हुँदा खुद नाफामा पनि ठूलो बढोत्तरी आएको हो । समीक्षा अवधिमा लघुवित्तले १ अर्ब १२ करोड निक्षेप संकलन र २ अर्ब ४४ करोड सापटी लिइ कुल ३ अर्ब ९१ करोड कर्जा प्रवाह गरेको छ । हाल १४ करोड ७५ लाख चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २३ करोड १७ लाख रुपैयाँ संचित रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ११०.९७ रुपैयाँ छ । लघुवित्तको खराब कर्जा ३.०५ प्रतिशतबाट घटेर २.८४ प्रतिशतमा झरेको छ   ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.