काठमाडौं । भारतको कश्मीरमा शनिबार राति भएको भिडन्तमा पाँच लडाकू मारिएका छन्। कश्मीर जोन पुलिसले ट्वीट गर्दै शनिबार र आइतबार १२ घण्टासम्म चलेको भिडन्तमा पाँच लडाकूको ज्यान गएको जनाएको छ।
'प्रहरीसँगको भीडन्तमा आतंकवादी संगठन लश्कर-ए-तोयबा र जैश-ए-मुहम्मदका पाँच आतंककारी मारिएका छन्,' जोन पुलिसले ट्वीट गर्दै भनेको छ।
मारिनेमा जैश–ए–मोहम्मदका कमाण्डर जाहिद वानी र अन्य पाकिस्तानी आतंकवादी रहेको बताइएको छ। भिडन्त पुलवामाको नायरा क्षेत्र र बडगामको चरार–ए–शरीफमा भएको थियो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।