add

४० क्विन्टल जडीबुटी ट्र्याक्टरसहित दुई जना पक्राउ






ActPro Nepal

|

१४ माघ, २०७८

|
789

जुम्ला । संकलन पुर्जी र छुट पुर्जी विना लैजाँदै गरेको ४० किन्टल जडीबुटी प्रहरीले नियन्त्रणमा लिएको छ ।

जुम्लाको पातारासी गाउँपालिका-३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलङ्गातिर आउँदै गरेको जडीबुटी बोकेका दुई ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘जाँचका क्रममा संकलन पुर्जी भेटिएको छैन’, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भने, ‘दुवै ट्रयाक्टरमा ल्याएको जडीबुटी नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएका छौं। ’पातारासी गाउँपालिका-७ बस्ने टेकेन्द्र बुढा र असल कठायतले ट्रयाक्टर चलाइरहेको अवस्थामा जडीबुटी नियन्त्रणमा लगिएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार संकलन पुर्जी तथा छुट पुर्जी विना लैजाँदै गरेको अवस्थामा प्रहरीले ४० क्विन्टल सेतक चिनी जडीबुटी नियन्त्रणमा लिएको छ ।

चालकसहित दुवै ट्रयाक्टरलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय जुम्लामा बुझाइएको छ ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.