add

लाभांश प्रस्ताव पारित गर्न जानकी फाइनान्सले बोलायो साधारण सभा






ActPro Nepal

|

१४ माघ, २०७८

|
505

काठमाडौं । जानकी फाइनान्स लिमिटेडले साधारण सभा बोलाएको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न कम्पनीले साधारण सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पारित गर्न फागुन ७ गते, होटल मानकी इन्टरनेशनल प्रा।लि।, शिवचौक, जनकपुरधाममा २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजेदेखि शुरु हुनेछ।

सभाले लाभांश प्रस्तावका साथै प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापकका तर्फबाट ३ जना तथा सर्वसाधारणका तर्फबाट २ जना गरी ५ जना सञ्चालक निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ फाइनान्सले माघ २४ गतेदेखि फागुन ६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा फाइनान्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.