काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्स संचालक समितिको माघ १२ गते बसेको बैंठकले शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनाका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको लाभांश अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा झन्डै दोब्बर बढी हो । उक्त आवमा इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ गरी कुल १०.५३ प्रतिशत लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामा साधरण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।