काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ।
सोमबार ९३ हजार ५ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सु्नको मूल्य मंगलबारका लागि ९४ हजार रुपैयाँ तोकिएको छ।
यता चाँदीको मूल्य भने घटेको छ। सोमबारको तुलनामा मंगलबार चाँदी तोलामा १५ रुपैयाँ घटेको हो। मंगलबारका लागि चाँदी प्रतितोला १३ सय रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।