add

उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई अर्थमन्त्रीको निर्देशन






ActPro Nepal

|

११ माघ, २०७८

|
544

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुलाई आयात र व्यापारमा भन्दा पनि उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन निर्देशन दिएका छन् । 

राष्ट्रिय वाणिज्य बैंकको ५७ औं बर्षिकोत्सव समारोहमा बोल्दै अर्थमन्त्री शर्माले उत्पादनमुलक क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै उनले पछिल्लो समय बढ्दै गएको आयात र यसले निम्त्याएको वैदेशिक मुद्रा संचितिको गिरावटलाई कम गर्न उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका हुन् । ‘राष्ट्रिय वाणिज्य बैंकले कृषि, औद्योगिक, पर्यटन, जलविद्युतलगायतका क्षेत्रमा हाल प्रवाह गरिरहेको कर्जामा थप ५ प्रतिशतले वृद्धि गर्ने विश्वास लिएको छु,’ उनले भने, ‘यसले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक असर पार्नेछ ।’

यस्तै उनले अबका दिनमा उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनका लागि योजना बनाएरै अघि बढ्नुपर्नेसमेत बताएका छन् । उनका अनुसार पछिल्लो समय नेपालमा उत्पादित वस्तुहरुको परिमाणमा गिरावट आउँदा आयात ह्वात्तै बढेकाले पनि उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह बढाउनुपर्ने बाध्यता आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.