add

टेलिकमको तार चोरी गर्ने ५ जना पक्राउ






ActPro Nepal

|

१० माघ, २०७८

|
1030

काठमाडौं । प्रहरीले नेपाल टेलिकमको तार चोरी गर्ने पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ हाइटस्थित पोलहरूमा राखिदै गरेको टेलिकमको तार चोरी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा काठमाडौं गैरीधारा डेरा गरी बस्ने बझाङ बुङ्गल नगरपालिका–७ का २३ वर्षीय प्रेमबहादुर बोहरा, कैलाली घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय नमेश बुढा, गोरखाका १८ वर्षीय किशोर, कैलाली टिकापुर नगरपालिका–१ का २४ वर्षीय गोविन्द साउँद र काभ्रे बनेपा नगरपालिका–१२ का ३० वर्षीय प्रविन कार्की रहेका छन् । 

उक्त स्थानमा टेलिकमको तार चोरी भएको भन्ने सूचना प्राप्‍त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजु तथा महानगरीय प्रहरी प्रभाग धर्मस्थलीबाट खटिएको प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका–६ धर्मस्थली महाकाल मन्दिर नजिक प्रदेश न.३–०१–०२३ च.४३०१ नम्बरको हात्ती गाडी जंगलतर्फ गईरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त गाडीमा टेलिकमको तार गुजुल्टो पारेको अवस्थामा भेटिएको थियो । 

पक्राउ परेकाहरूबाट तार काट्न प्रयोग गरिने विभिन्न औजार र १ सय १४ मिटर कालो टेलिफोनको तार समेत प्रहरीले बरामद गरेको छ । 

उनीहरूमाथि महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.