काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरकक्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनहरूमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक उमेशराज जोशीको निर्देशनअनुसार सो व्यवस्था आजदेखि शुरू गरिएको हो ।
महाशाखाले उक्त पुरानो बसपार्कमा “फरकक्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाँउ” लेखिएको बोर्ड पनि राखेको छ ।
“फरक क्षमता भएकाहरूको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपांगतामैत्री व्यवस्था थप्दै जानेछौं।” एसएसपी जोशीले बताए ।
ट्राफिक महाशाखालेसार्वजनिक सवारी साधनका चालक सह(चालक तथा यात्रुबर्गहरुलाई तोकिएको स्थानबाट मात्रै पिक एण्ड ड्रपगर्न पनि अनुरोध गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।