काठमाडौं । देशको सुरक्षामा रातदिन नभनि खट्ने प्रहरी नै मोबाइल चोरेको आरोपमा पक्राउ परेका छन् । यो समाचार कैलालीको हो । जिल्लाको धनगढीस्थित ग्लोबल मोबाइल ग्यालरीबाट प्रहरीले मोबाइल चोरी गरेकाे समाचार बाहिरिएकाे हाे ।
स्राेतका अनुसार जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बडुवालले मोबाइल चोरी गरेका हुन्। बर्दीमै मोबाइल चोरी गरेको उनीहरूलाई सीसीटीभी फुटेजका आधारमा दुवै जनालाई नियन्त्रणमा लिइएको हो ।
लागूऔषधको कारोबार भैरहरेको सूचनाको आधारमा ग्यालरी पुगेको प्रहरीको टोली मध्येका प्रहरी हवल्दार माल र जवान बडुवालले मोबाइल चोर्दै गरेको भिडियो पसलको सिसिटिभीमा कैद भएको थियो।
धनगढीको ट्राफिक चौराहामा रहेको ग्लोबल मोबाइल ग्यालरीबाट प्रहरीले मोबाइल चोरी गरेको पसल सञ्चालक सुवास रावलले बताए। मोबाइलको खाली डब्बा देखेपछि सिसी टिभी क्यामेरा हेर्दा प्रहरीले नै मोबाइल चोर्दै गरेको देखिएको छ ।
सीसीटीभी फुटेज सार्वजनिक भएपछि मोबाइल चोरीको घटनामा हवल्दार माल र प्रहरी जवान बुडाललाई पक्राउ गरेर अनुसन्धान थालिएको छ उनीहरु दुवै जना जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीमा कार्यरत छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।