add

वाणिज्य बैंकहरुको नाफा २८ अर्ब नाघ्यो, धेरै कमाउने एनआइसी एसिया र ग्लोबल






ActPro Nepal

|

४ माघ, २०७८

|
689

काठमाडौं । चालू आर्थिक वर्षको ५ महिनामा वाणिज्य बैंकहरुको नाफा १९ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु वर्षको ५ महिना (मंसर मसान्तसम्म) २७ वाणिज्य बैंकहरुले २८ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

यो गत वर्ष सोही अवधिको तुलनामा ३ अर्ब ९४ करोड बढी हो ।

तथ्यांक अनुसार कात्तिकमा भने समग्र वाणिज्य बैंकहरुको कुल नाफा २३ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढी रहेको थियो ।

सबैभन्दा धेरै नाफा कमाउनेमा एनआइसी एसिया बैंक रहेको छ । एनआइसी एसियाले मंसिर मसान्तमै २ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा कमाएको छ ।

यसैगरी, दोस्रोमा ग्लोबल आइएमई बैंकले १ अर्ब ९६ करोड र तेस्रोमा नबिल बैंकले १ अर्ब ८९ करोड रुपैयाँ नाफा गरेका छन् ।

पछिल्लो समय आक्रमक कर्जा विस्तार गर्दै आएको एनआइसीले नबिललाई चालु आवको पहिलो त्रैमासदेखि पछि पार्न थालेको हो ।

चुक्ता पूँजीको आधारमा सबैभन्दा ठूलो ग्लोबल आइएमईले आक्रमक कर्जा विस्तारसँगै नाफामा नबिललाई पछि पारेको हो ।

नबिल १ अर्ब ८९ करोड, राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ८८ करोड, प्राइम कमर्सियल बैंक १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएका छन् ।

मंसिर मसान्तसम्ममा अर्ब भन्दा बढी नाफा कमाउने बैंकहरुको संख्या ११ रहेको छ । प्रभु बैंकको खुद नाफा १ अर्ब ३७ करोड, एनएमबी बैंकले १ अर्ब ३६ करोड खुद नाफा कमाएका छन् ।

सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले समान १ अर्ब ३३ करोड, मेगा बैंक १ अर्ब २६ करोड र नेपाल बैंकले १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

सेन्चुरी बैंकको खुद नाफा भने सबैभन्दा थोरै देखिएको छ । ५ महिनामा यस बैंकले ४० करोड २५ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।

सिभिल बैंकको पनि ४१ करोड ११ लाख रुपैयाँ मात्र खुद नाफा रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.