add

भूमि आयोग नुवाकोटको अध्यक्षमा कांग्रेस नेता न्यौपाने नियुक्त






ActPro Nepal

|

१ माघ, २०७८

|
536

नुवाकोट । भूमि आयोग  नुवाकोटको  अध्यक्षमा नेपाली कांग्रेसका नेताअर्जुन प्रसाद न्यौपाने नियुक्त भएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार न्यौपाने हिजोदेखि नै लागु हुनेगरी भूमि आयोग  नुवाकोटको  अध्यक्ष नियुक्त भएका हुन् ।

ककनि गाउँपालिकाका  न्यौपाने  नेपाली कांग्रेसका  महासमिति सदस्य समेत हुन   ।

मन्त्रिपरिषद्को निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबारदेखि लागू हुनेगरी नुवाकोटसहित २८ जिल्लामा भूमि आयोगको जिल्ला समितिका अध्यक्षहरूलाई नियुक्ति पत्र दिएको बताइएको छ ।

यसअघि नेकपा एमाले नेतृत्वको सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग गठनमा राजिनीति भएको भन्दै देउवा सरकारले एकसाथ देशभरका समितिहरू विघटन गरेको थियो । एमालेकै शैली पछ्याउदै देउवा सरकारले पनि आस्थाको आधारमा अध्यक्षहरू नियुक्त गरेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.