add

उच्च सतर्कताका साथ काम गर्न प्रहरी बरिष्ठ उपरीक्षक भिम ढकालको निर्देशन






ActPro Nepal

|

२८ पुष, २०७८

|
1243

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले विमानस्थलमा आयोजित कार्यक्रमबीच प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

उनले  विमानस्थलमा आयोजित एक कार्यक्रमबीच प्रहरी अधिकृतहरूलाई कानुन कार्यान्वयनमा कुनैपनि सम्झौता नगरी जिम्मेवारी वहन गर्नुको साथै आफू मातहत प्रहरी कर्मचारीहरूको आचरण एवं व्यवहार शिष्ट बनाई उच्च मनोबलका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।


निर्देशनका क्रममा ढकालले समयको पूर्ण पालना गर्दै संवेदनशील भई अनुशासन, इमान्दारीता, व्यवसायिक र उच्च सतर्कताका साथ आ-आफ्नो क्षेत्रको सुरक्षा चुनौतीको विश्लेषण गरी कार्ययोजनाका साथ काम गर्नुपर्ने उल्लेख गरे । वर्तमान परिवेशलाई मध्यनजर राखी परिस्थिति अनुसार आफ्नो क्षमता र व्यवसायिकता प्रदर्शन गरी सिर्जनशील काम गर्नुपर्नमा उनले जोड दिए।


उक्त अवसरमा हालै सरुवा भएका सिनियर प्रहरी अधिकृत र जुनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।   



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.