add

एनएमबी बैंकको प्रमोटर सेयर २२० रुपैयाँमै किन्ने अवसर !






ActPro Nepal

|

२८ पुष, २०७८

|
398


काठमाडौं । एनएमबी बैंकको संस्थापक समूहको (प्रमोटर) सेयर लिलामीमा आएको छ । बैंकका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ लाख ४९ हजार ६९३ कित्ता सेयर लिलामी मार्फत विक्री गर्न लागेका  हुन्।

बैंकको प्रमोटर सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

बैंकको सेयर खरिद गर्न इन्छुक संस्थापकले ((पुस २७ गते) देखि ३५ दिन भित्र एनएमबी बैंकको कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी विक्री खुला गरिने बैंकले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.