add

लेवनानमा तैनाथ बर्दबहादुर गणको कार्य सम्पादन सर्वोत्कृष्ट






ActPro Nepal

|

२७ पुष, २०७८

|
612

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानामा शान्ति स्थापनार्थ लेवनानमा तैनाथ बर्दबहादुर गण ६२औँ डफ्फा कार्य सम्पादनमा सर्वोत्कृष्ट घोषित भएको छ ।

उक्त मिशनमा तैनाथ अरु १० देशका गणमध्ये नेपाली शान्ति सेनाको बर्दबहादुर गण  सर्वोत्कृष्ट  ठहरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त गणले आफ्नो जिम्मेवारी ईलाकामा गरेको अब्बल कार्यसम्पादनको योगदानको कदरस्वरुप त्यहाँ तैनाथ फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कोलले गणपतिलाई उत्कृष्टताको प्रतिक र प्रशंसापत्र प्रदान गरे । 

गणले मिशन ईलाकामा तैनाथ भएदेखि नै कोभिड–१९ को सङ्क्रमणको जोखिम खेपिरहेका आठवटै पालिकामा कोभिड किट वितरण गरेको सेनाले जनाएको छ । गणले नगरपालिकामा वृक्षरोपण, ऐतिहासिक किल्लाको संरक्षण र सम्वद्र्धन, गुणस्तरीय दाँतको उपचार सम्बन्धि सेवा, विद्यालयमा स्टेशनरी वितरण, महिला स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रमलगायत सञ्चालन गर्दै आएको छ ।

 गणले सार्वजनिक उद्यान र बगैँचाको मर्मतसम्भार जस्ता जनहितका कार्यक्रमका साथै  नेपाली सेनाको हालसम्मकै ठूलो लगानीमा ‘कृषि पोखरी तथा सार्वजनिक बगैँचा’ निर्माण गरेको जानकारी दिइएको छ । उक्त गणले लेवनान र इजरायलको सीमा क्षेत्रमा जैतुन खेती भित्र्याउन स्थानीय निकाय, लेवनानी सशस्त्र बल र सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरेको सेनाले जानकारी दिएको छ ।

 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.