add

आर्थिक बृद्धिदर ७ प्रतिशत पुर्‍याउन र मूल्यबृद्धि ६.५ प्रतिशत कायम राख्न चुनौती : गभर्नर अधिकारी






ActPro Nepal

|

२५ पुष, २०७८

|
477

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर लक्ष्यभित्र राख्न चुनौती देखिएको बताएका छन् ।

आइतबार सार्वजनिक लेखा समितिले मुलुकको वर्तमान आर्थिक अवस्थाको विषयमा गरेको छलफलमा उनले धान उत्पादन घटेकोले चालु आर्थिक वर्षमा ७ प्रतिशत आार्थिक वृद्धिदर हासिल गर्न मुस्किल हुने बताए ।

मूल्यवृद्धिलाई चालु आर्थिक वर्षमा ६.५ प्रतिशत भित्र राख्ने लक्ष्य कायम राख्न समेत चुनौती थपिएको उनको धारण थियो ।

‘उच्च आयातको प्रभाव सञ्चितिमा, शोधनान्तर र चालु खातामा मात्रै नभएर तरलतामा पनि पर्‍यो,’ उनले भने, ‘उच्च आयात फाइनान्स गर्न कर्जा उच्च वृद्धि भयो । कर्जा आयातमा नगएको भए उच्च वृद्धिले पनि समस्या हुने थिएन ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.