काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा अनुसन्धान सकेर केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौं जिल्ला अदालत सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
सीआईबीको प्रतिवेदनमा कति जना आरोपित छन् र ती को को हुन् भनेर खुलाइएको छैन।
“हामीले आवश्यक अनुसन्धान गरेर सरकारी वकीलको कार्यालयमा बुझाएका छौं,” सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले भने, “अब आधार, प्रणाणहरू के–के छन् भनेर सरकारी वकीलको कार्यालयले हेर्छ, अनि मागदाबी पुग्ने/नपुग्ने प्रमाण हेरेर अभियोगपत्र दर्ता गर्न मिल्ने भए दर्ता गर्छ।”
ब्यूरोले बिहीबार प्रतिवेदन बुझाएको हो । जसमा तीन सय बढी व्यक्तिलाई प्रतिवादी बनाइएको छ । तर, प्रतिवादी बनाइएकाविरुद्ध यसअघि नै पक्राउ पूर्जी जारी गरेको थियो ।
कांग्रेस नेता विजयकुमार गच्छदारसहित अख्तियारका पूर्व आयुक्त दीप बस्न्यातसहित ३ सय जनालाई पक्राउ पूर्जी जारी गरिएको थियो । तर, उनीहरूलाई पक्राउ नै नगरी प्रतिवेदन बुझाइएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।