add

नेपाल प्रहरीमा २६ जना एसएसपीको सरुवा,अपराध महाशाखा र ट्राफिक महाशाखाकाे प्रमुख पनि फेरिए ( सुचीसहित)






ActPro Nepal

|

२३ पुष, २०७८

|
1748

काठमाडौं । गृह मन्त्रालयले एकैपटक नेपाल प्रहरीका २६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन विभागका अनुसार नेपाल सरकार गृह मन्त्रालय मन्त्रीस्तरिय निर्णयबाट २२ गतेदेखि लागु हुनेगरी एसएसपीहरुको सरुवा गरिएको हो ।

एसएसपीको सरुवासँगै महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग अन्तरगत रहेको अपराध अनुसन्धान महाशाखामा कार्यरत उमेशराज जोशीलाई दिइएको छ  भने महानगरीय अपराध महाशाखा प्रमुखको जिम्मेवारी प्रहरी प्रवक्तासमेत रहेका प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत बसन्तबहादुर कुँवरलाई दिइएको छ ।

यसअघि प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखामा कार्यरत भिमप्रसाद ढकालको भने अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा  सरुवा गरिएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.