add

चोरीका १७ मोटरसाइकल र ९ वटा स्कुटर सवारीधनीलाई जिम्मा






ActPro Nepal

|

२२ पुष, २०७८

|
1090

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थान र मितिमा हराएका २६ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाइएको हो ।

महाशाखाले उपत्यका र आसपासकापशुपती क्षेत्र, बौद्ध, नरेफाँट, ठीमी, सुर्यविनायक, बसुन्धारा, बानेश्वर, चावहिल, ठमेल, किर्तिपुर, सातदोबाटो, कंलकी, बसपार्कलगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका हुन् ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले बिशेष सुचना संकलन तथा सुराकी मार्फत ती मोटरसाइकल वरामद गरेकोप्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

सुरक्षित स्थानमा र सुरक्षित तरिकालेमात्र मोटरसाऐकलहरु राख्न र अतिरिक्त लक र अलर्ट सिस्टमको प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

यस आर्थिक वर्ष ०७८/७९ मा हराएका २२३ वटा मोटरसाइकल सम्बन्धितधनीलाई जिम्मा लगाएको छ भने मोटरसाइकल चोरीमासंलग्न ३२ जनालाई चोरीका मोटरसाइकल सहित सम्बन्धित प्रहरीबृत्तहरुमा कारबाहीको लागि पठाएको महशाखाले जनाएको छ।

सवारी हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ वा नजिकको ट्राफिक प्रहरीलाई सम्पर्क गर्न र निवेदन दिन अनुरोध गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.