add

आजबाट लक्षित समूहलाई अतिरिक्त खोप, क-कसले पाउँछन् ?






ActPro Nepal

|

२० पुष, २०७८

|
429

काठमाडौं । सरकारले लक्षित समूहलाई आजबाट कोभिड-१९ विरुद्धको अतिरिक्त खोप दिँदैछ । कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका तर सरकारको मापदण्ड अनुसार लक्षित समूहमा परेकालाई खोपको थप एउटा मात्र दिइन लागिएको हो । 

क-कसले पाउँछन् अतिरिक्त खोप ?

- मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति

- सक्रिय क्यान्सरका रोगी

- अंग प्रत्यारोपण गरेका बिरामी

- एचआईभी संक्रमण भएका बिरामी

उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोपको अतिरिक्त मात्रा दिन लागिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।  

लक्षित व्यक्तिले खोप कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गएर अतिरिक्त मात्रा खोप लगाउन सक्नेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.