add

कृषि सामग्रीका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा दायर, मल खरिदमा एक अर्ब भ्रष्टाचार






ActPro Nepal

|

१९ पुष, २०७८

|
1336

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन मल खरिद गरेको अभियोगमा १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

कृषि सामाग्री कम्पनी लिमिटेडका बहालवाला प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १२ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादी प्रत्येकलाई १ अर्ब ५२ लाख २२ हजार ४ सय ६ रुपैयाँ बिगो कायम गरिएको छ ।

प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पुष्कर दिप बुढा र नेपाल इन्भाइरोमेन्टल साइटिंफिक सर्भिस प्रालिका प्रबन्ध निर्देशक सलिल देवकोटालाई प्रतिवादी बनाइएको छ ।

उनिहरुलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडलेबाट खरिद गरेको डीएपी मल नेपाल सरकारले तोकेको गुणस्तरमा नरहेको, कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ ।

रासायनिक मल (नियन्त्रण) आदेश २०५५, एवं सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ विपरित कृषि सामग्री कम्पनी लिमिटेडले बिना प्रतिस्पर्धा प्रमाणपत्र अद्यावधिक नगरेको संस्था नेपाल इन्भाइराेमेन्टल एन्ड साइन्टिफिक सर्भिसेस प्रालिलाई मलको गुणस्तर परीक्षण प्रतिवेदन दिन लगाएको देखिएको अख्तियारले जनाएको छ।

कम्पनी र आपूर्तिकर्ताबीच भएको ठेक्का सम्झौताको स्पेशिफिकेशनको गुणस्तरभन्दा कम गुणस्तरको आपूर्ति भएको डीएपी मललाई सर्भेयरको सूचीमा अद्यावधिकसमेत नभएको स्वतन्त्र सर्भेयरसँग बिना प्रतिस्पर्धा प्रचलित खरिद कानून एंव रासायनिक मल (नियन्त्रण) आदेश, २०५५ का प्रावधान विपरित गैरकानूनी रुपमा गुणस्तर परिक्षण लगायतका कार्यहरु गर्ने गरी जिम्मा दिइएको अख्तियारको उजुरीमा उल्लेख छ।

अख्तियारले स्पेशिफिकेशन बमोजिम नै गुणस्तरको रहेको भन्ने गलत प्रतिवेदन तयार गरी/गर्न लगाई सोही प्रतिवेदनलाई आधार देखाई आपूर्ति भएको कम गुणस्तरको मल स्वीकार गरी आपूर्तिकर्तालाई आयात भएको मलको ९०% भुक्तानीसमेत दिने निर्णय तथा भुक्तानी एवं कानुन विपरीत सर्वेवर नियुक्ति प्रक्रियामा संलग्न कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप-प्रबन्धक पुष्कर दीप बुढासमेतले आफूसमेतलाई गैर कानुनी लाभ लिने मनसाय लिएको दाबी गरेको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.