add

पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस नमनाए सरकारको विरोधमा जान्छौंः अध्यक्ष लिङदेन






ActPro Nepal

|

१९ पुष, २०७८

|
602

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले पृथ्वी जयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाए स्वागत गर्ने नत्र सरकारविरुद्ध विरोध सुरु गर्ने बताएका छन् ।

‘पुष २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइयोस् भन्ने हाम्रो माग छ । सरकारले सोही अनुरुप निर्णय गरे, पुष २७ गतेका दिन हामी खुशीयाली मनाउँछौं । सरकारले त्यसो गरेन भने त्यही दिनदेखि सरकारको विरुद्धमा हाम्रो कार्यक्रम सुरु गर्छौं,’ राप्रपा अध्यक्ष लिङदेनले आइतबार भने ।

लिङदेनले राजसंस्था र हिन्दुराष्ट्र पूनःस्थापनाका लागि निर्वाचन र सडकको दुवै विकल्प एकसाथ संचालन गर्ने बताए । ‘जुन बाटोबाट हाम्रो मान्यता चाँडो स्थापित हुन्छ, सोही विकल्प हामी अघि सार्छौं,’ उनले भने ।

‘यस सन्दर्भमा समान विचारधारा भएका हामीहरु एक ठाउँ उभिन जरुरी भएको छ, राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक समारोहलाई सम्बोधन गर्ने क्रममा उनले भने । ‘पर्ख र हेरौं भन्ने हामीसँग समय छैन, हामीलाई त्यो छुट छैन ।’

लिङदेनले भने, ‘हामीले उठाइराखेको राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा कसै व्यक्तिलाई मन्त्री, प्रधानमन्त्री बनाउने नभएर देशको स्थायित्वको लागि हो । हामी सबैभन्दा माथि देश छ, देशभन्दा माथि केही पनि छैन ।’

सो अवसरमा शाही शक्ति नेपालका अध्यक्ष मुनिन्द्र राजभण्डारीले भने, ‘राजसंस्था र हिन्दुराष्ट्रको अभियान रानो बिनाको मौरी जस्तै थियो । तर, राप्रपाको महाधिवेशनपछि हामीले स्पष्ट नेतृत्व पाएका छौं । राप्रपाप्रति शाही शक्ति नेपालको पूर्ण साथ, सहयोग र समर्थन रहने छ ।’

राप्रपाका नेता सगुन सुन्दर लावतीका अनुसार, समान विचारधारा भएका समूह र शक्तिहरु एकजुट हुनुपर्छ भन्ने लक्ष्य छ । यसै मान्यता अनुरुप, पृथ्वी जयन्तीका दिन पार्टीले समान विचारधारा भएका समूह र शक्तिहरुसँग सहकार्य गर्नेछ, लावतीले भने।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.