काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन कार्यतालिका चौथो पटक संसोधन गरेको छ।
पार्टीको आठौं राष्ट्रिय महाधिवेशनबाट पदाधिकारीको टुंगो लगाउनका सोमबार ८ बजेदेखि मतदान हुनेगरी निर्वाचन कार्यातालिका संसोधन गरिएको हो।
उम्मेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको आयोगले बन्दसत्रको प्रस्तावअनुसार शनिबारका सबै कार्यक्रम स्थगन गरेको थियो ।
संशोधित निर्वाचन कार्यक्रमअनुसार मनोनयन दर्ताका लागि अपराह्न ४ देखि साँझ ६ बजेसम्मको समय निर्धारण गरिएको छ। त्यस्तै आजै साँझ साढे ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता सूची प्रकाशन गर्ने कार्यतालिका छ।
उम्मेदवारको सम्बन्धमा दाबी विरोध प्रस्तुत गर्न साँझ ७ बजेसम्मको समत तोकिएको छ। उजुरी परेको सूचना सवा ७ बजे प्रकाशन गरिनेछ।
त्यस्तै उजुरीउपर छानविन र निर्णय गर्न पौने ८ बजेसम्मको समय तोकिएको छ । बेलुका ८ बजे उम्मेदवारको सूची पुनः प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ।
उम्मेदवारलाई आफ्नो नाम फिर्ता लिनका लागि साढे ८ बजेसम्मको समय निर्धारण गरिएको छ। त्यसपछि बेलुका पौने ९ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
केन्दीय निर्वाचन समितिका अनुसार मतदान भोलि (सोमबार) ८ बजेदेखि हुनेछ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।