add

दुई जना नक्कली परीक्षार्थी पक्राउ






ActPro Nepal

|

१८ पुष, २०७८

|
1343

काठमाडौं । सशस्त्र प्रहरी बल जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका-६ का १८ वर्षका निलकुमार अदै र धनकुटा जिल्लाको सहिदभूमी गाउँपालिका-५ का सौहार्द राई छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर  १४४२० का योगेन्द्र राईको स्थानमा नक्कली उम्मेदवार बनी सौहार्द राईले परीक्षा दिने प्रयास गरेका थिए ।

विज्ञापनअनुसार खुल्ला प्रतियोगितद्वारा पदपूर्ति गरिने साधारण समूह साधारण उपसमूहतर्फ जवान पदको लिखित परीक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेट्रीक डिभाईस’ प्रयोग गरी  परीक्षार्थीहरूको एकिन गर्ने क्रममा नक्कली परीक्षार्थी प्रमाणित भएको हो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीलाई बुझाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.