add

कांग्रेसमा रुपान्तरण ल्याउन सकिएन : रामचन्द्र पौडेल






ActPro Nepal

|

१८ पुष, २०७८

|
793

तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण ल्याउन नसकिएको बताएका छन्।

नेपाली कांग्रेस तनहुँ-२ ले आयोजना गरेको पदस्थापन कार्यक्रममा पौडेलले पार्टीमा नयाँ रुपान्तरण ल्याउने अभियानमा लागे पनि अन्तिममा आएर उक्त प्रयास पूरा हुन नसकेको बताएका हुन्। 

'पार्टीमा नयाँ रुपान्तरण ल्याउनुपर्छ भनेर धेरै प्रयास गर्‍यौँ तर केही साथीहरूका व्यक्तिगत आकांक्षा कारण पूरा हुन सकेन,' पौडेलले भने। पौडेलले १४औँ महाधिवेशनले आफूले उठाएका रुपान्तरणको प्रश्नको उत्तर दिनुपर्नेमा जोड दिए।

'सबै साथीहरू उठ्छौँ भनेपछि म प्रतिस्पर्धाबाट अलग रहेँ, उहाँहरूकै अनुरोधमा म प्रतिस्पर्धामा गइनँ,' उनले थपे, '१४औँ महाधिवेशनले मैले उठाएको प्रश्नको उत्तर दिन सकेको छैन।' 

कांग्रेस जनताको बीचमा अपमानित भएको गुनासो गर्दै उनले पार्टीलाई सम्मानित बनाउनु आजको आवश्यकता रहेको तर्क गरेका थिए। संसद्ले गति लिन नसकेको बताउँदै उनले जनताको जल्दाबल्दा समस्यामा सदनमा छलफल हुन नसकेको धारणा राखे। सदनलाई व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्नुपर्नेमा पौडेलको जोड थियो। 

एमसीसी पारित गर्नुपर्ने बताएका उनले एमसीसी राष्ट्रघाती भएको भन्दै भ्रममा पार्न खोजिएको जिकिर गरेका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.